Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सुत्केरी र शिशुको मृत्यु पछि लमजुङ अस्पताल तनावग्रस्त

सुत्केरी र शिशुको मृत्यु पछि लमजुङ अस्पताल तनावग्रस्त


  • शुक्रबार, मंसिर १५ २०८०
  • 429
    SHARES

    लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९ की २६ वर्षीया शोभा विक र शिशुको अस्पतालको लापरवाहीको कारणले मृत्यु भएको भन्दै मृतकका आफन्तले मङ्सिर १४ गते अस्पतालमा तोडफोड र प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।

    प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालमा ढुङ्गामुडा गर्ने, अस्पताल गेटमा टायर बाल्ने, उपचारमा संलग्न चिकित्सको कारबाही लगाएतको माग सहित नाराबाजी गरेका छन् । प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गरेको छ, भने प्रदर्शन रोक्न आठ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

    प्रदर्शन बढ्दै गएपछि अस्पताल तनावग्रस्त बनेकोले अस्पताल परिसरमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    गर्भवती विकलाई मङ्सिर ११ गते लमजुङ अस्पतालमा भर्ना गरिएको र १२ गते दिउँसो शल्यक्रिया मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको थियो । सो पश्चात सुत्केरी आमाको रगत बग्ने समस्या नरोकिएपछि १२ गते नै चतवन मेडिकल कलेज रिफर गरिएकोमा उहाँको उपचारको क्रममा सोहि दिन बेलुका नै मृत्यु भएको थियो ।

    सोहि विषयलाई लिएर मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण उक्त घट्ना हुन गएको आरोप सहित बुधबारदेखी प्रदर्शन सुरु गरेकोमा बिहीबार प्रदर्शन सहित तोडफोडमा उत्रिएका हुन् ।

    उक्त घटना छानविन गर्न बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानविन तथा अध्ययन समिति गठन भएको छ ।

    उक्त समितिले घटनाबारे सत्यतथ्य पत्ता लगाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय समक्ष सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न आदेश दिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

    प्रकाशित : शुक्रबार, १५ मंसिर २०८० , ०७:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend