Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

घरेलु हिंसा पीडित महिलालाई न्यायीक प्रकृयामा जान इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई न्यायीक प्रकृयामा जान इन्सेकको सहयोग


  • बुधबार, मंसिर २० २०८०
  • 312
    SHARES

    कास्की । घरेलु हिंसा पीडित महिलाललाई न्यायीक प्रकृयामा जान इन्सेकले ०८० मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ ।

    पोखरा महानगरपालिका– २७ की लक्ष्मी वि.कलाई पति बाबुराम वि.कले दोस्रो विवाह गरेर निरन्तर रुपमा शारिरिक तथा मानसिक यातना दिएपछि उहाँ आफ्ना तीन सन्तान दिएर २०६३ सालदेखि अलग्गै बस्दैआउनु छ । अलग्गै बस्दै आएपनि उहाँलाई निरन्तर शारिरिक तथा मानसिक यातना दिदै आएको पीडितले बताउनुभयो ।

    उहाँको आर्थिक अवस्था निकै कमजोर रहेकाले उहाँले छोराछोरीलाई विभिन्न संघ सस्थाको सहयोगमा पढाउदै आउनु भएको छ । विभिन्न संस्थाको सहयोगमा सुकुम्बासी टोलमा साने टहरा बनाएर बस्दै आएकोमा उहाँको पतिले उक्त टहरा पनि आफूले पाउनुपर्ने भन्दै उहाँ र उहाँका सन्तान विरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि आफू अन्यायमा परेको भन्दै र आफ्नाे आर्थिक अवस्था कमजाेर रहेकाले  न्यायीक प्रकृयामा जान आर्थिक सहयोग पाउ भन्दै ०८० मङ्सिर १ गते इन्सेक गण्डकी प्रदेश कार्यालयमा निवेदन दिनु भएको थियो ।

    सोही निवेदनका आधारमा इन्सेकको मानव अधिकार उल्लङ्घनका पीडितलाई सहायता कार्यक्रम अन्तरगत गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।

    उक्त रकमले आफूलाई कानुनी प्रकृयामा जान केही राहत हुने पीडित विकले बताउनुभयो ।

    प्रकाशित : बुधबार, २० मंसिर २०८० , १२:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend