Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

खुल्ला दिसा मुक्त्त जिल्ला भित्रै विद्यालयमा शौचालयको अभाव

खुल्ला दिसा मुक्त्त जिल्ला भित्रै विद्यालयमा शौचालयको अभाव


  • सोमबार, मंसिर २५ २०८०
  • 572
    SHARES

    मुगु । दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरु शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाईमा समस्या हुनेगरेको छ ।

    जिल्लालाई खुल्ला दिसा मुक्त्त जिल्ला भनेर लाखौ बजेट खर्च गरेर ०७५ जेठ २८ गते घोषणा गरिएको थियो । अझै पनि गाउँघर र विद्यालय दिसापिसाबको जंगल तिर जानु पर्ने अवस्था छ । दुर्गम तथा विकट बस्तीमा भएको भए कुनै कारण दिन सकिन्थ्यो तर जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छारमा अवस्थित दुई ओटा विद्यालयमा शौचालय छैन ।

    छायाँनाथ रारा नगरपालिका–५ माथितुममा रहेको श्री नव आदर्श आधारभुत विद्यालय र सोहि पालिका वडा न. १३ रुगा गाउँमा रहेको श्री मालिका आधारभुत विद्यालयमा शौचालय नहुँदा पढाईमा समस्या भएको हो ।

    यी दुई विद्यालय सदरमुकाम नजिक सरकारहरुको नजरमा पर्ने सक्ने ठाउँमा भएकाले प्रतिनिधि अवस्थाका रुपमा यी विद्यालय  लिइएको हो । सरकार तथा गैरसरकारी निकायका नजर नपुग्ने दुर्गम,विकट बस्तीहरुमा रहेका विद्यालयहरुको अवस्था झन कष्टकर रहेका छ  ।

    नव आदर्श आधारभुत विधालयका शिक्षक विनोद कुमार मल्लका अनुसार विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै सस्था,सरकारी निकाय बाकी छैनन । शौचालय गर्न बालबालिका जंगल तिर जाँदा लडेर हात खुट्टा भाँचिएका र चिप्लिएर चोटपटक लागेका घटनाहरु भएका छन ।

    हामी शिक्षकहरु शौचालय गर्न तुम गाउका स्थानीयहरुका शौचालय जानुपर्ने शिक्षक मल्लले बताउनु भयो ।  गत वर्ष छायाँनाथ रारा नगरपालिकाले २ कोठे विद्यालय भवन बनाइदियो यो बर्ष खानेपानी र शौचालय बन्छ की भन्ने आश छ ।

    श्री मालिका आधारभुत विधालय रुगामा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउदा शौचालय बगायो । त्यस यता धेरै निकायमा शौचालय बनाइ दिन आग्रह गरेको तर कतै सुनुवाइ भएन । दिसा पिसाब लाग्दा जङ्गल र गाउँलेका निजि शौचालय जानु बाहेक अर्को विकल्प नहरेको विद्यालयका प्राध्यापक चन्द्रबहादुर शाहीले बताउनुभयो ।

    शौचालय गर्न बाहिर जानु पर्ने बाध्यताले पढाईमा समस्या भइरहेको सोही विद्यालय कक्षा ५ मा अध्ययनरत अक्कल लावडले गुनासो गर्नु भयो । शौचालयको लागि बाहिर जाँदा डर लाग्ने गरेको र आफू एक चिप्लिएर टाउकोमा चोट लागेको उहाँले बताउनुभयो ।

    त्यसै गरी, कक्षा ४ मा अध्यनरत छात्र राजन रावतको अनुसार शौचालयकै कारण पढाई छुट्ने गरेको बताउनु भयो।

    यस विद्यालयमा १ सय ८५ विद्यार्थी अध्यनरत छन । खुल्ला शौचालय गर्दा वातावरण प्रदुर्षित हुनुका साथै सरुवा रोग फैलने सम्भावना रहेको छ ।

    नगरपालिका  मातहतका ४५ ओटा  विद्यालयमा मध्य केही विद्यालयमा नयाँ भवनलाई बाढी पहिरो बगायो । भएका शौचालय जीर्ण हुँदा शौचालय विहीन हुनु परेको नगरपालिकालाइ अवगत छ । चालू वर्ष मै त्यस्ता विद्यालयमा छात्र छात्रा मैत्री शौचालय बनाउने योजना रहेकाे  प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले बताउनु भयो ।

    प्रकाशित : सोमबार, २५ मंसिर २०८० , ०७:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend