Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पोर्चुगलमा पर्वतका एक युवकको हत्या, स्याङ्जाका युवक पक्राउ

पोर्चुगलमा पर्वतका एक युवकको हत्या, स्याङ्जाका युवक पक्राउ


  • शनिबार, मंसिर ३० २०८०
  • 208
    SHARES

    रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक युवकको हत्या भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको हत्या भएको हो ।

    क्षेत्रीको हत्या आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङ पक्राउ परेका छन् ।

    पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालका अनुसार गत मङ्गलबार राति गुरुङले क्षेत्रीमाथि छुरा प्रहार गरेका थिए । मदिराको नशामा विवाद हुँदा गुरुङले क्षेत्रीमाथि छुरा प्रहार गरेको बताइएको छ ।

    छुरा प्रहारबाट गम्भीर घाइते भएका क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

    क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए ।

    क्षेत्री र गुरुङ पोर्चुगलको ओडिमिरास्थित बोआभिस्तामा सँगै बस्दै आएका थिए । क्षेत्रीलाई छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

    प्रकाशित : शनिबार, ३० मंसिर २०८० , १२:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend