Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पालनपोषण र उचित स्याहार अभावमा बालबालिकाहरुमा कुपोषण

पालनपोषण र उचित स्याहार अभावमा बालबालिकाहरुमा कुपोषण


  • सोमबार, पुष ९ २०८०
  • 767
    SHARES

    संविधानको मौलिक हक अन्तर्गत धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकाहरुलाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको छ । तर आर्थिक अभावका कारण विहानबेलुकी समेत छाँक टार्न समस्या भएका परिवार तथा स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा जिल्लामा यो वर्ष पनि कुपोषणमा सुधार हुन नसकेको पाइएको छ । चालू आर्थिक वर्षमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्दा २३ जना कुपोषित बालबालिकाहरु भेटिएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयले ०८० साउन महिनादेखि मङ्सिर मसान्तसम्म ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुमा पोषणको उचाई अनुसार तौल मापन (जेडस्कोर) अभियान संञ्चालनका क्रममा गरिएको परीक्षणमा कुपोषित बालबालिका भेटिएका हुन् ।

    पालनपोषण र उचित स्याहार अभावमा कुपोषण देखिएका बालबालिकाहरुमा सिघ्र कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय, दार्चुलाका खोप सुपरभाइजर विरेन्द्रराज भट्टले जानकारी दिनु भयो । कुपोषण फेला परेका मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ९ जना उपचारार्थ छन् ।

    गत आर्थिक वर्षमा जिल्लाभरी ८४ जना बालबालिकामा कुपोषण देखापरेको थियो । कुपोषित बालबालिका मध्ये ७२ जना निको भए भने दुई जनालाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको र १२ जना बालालिकाहरु कुपोषण विरुद्धको औषधि सेवन गरिरहेका खोप सुपरभाइजर भट्टले बताउनु भयो । यस्तै

    जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट लामो समयदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि कुपोषित बालबालिकाको सङ्ख्या घटेको छैन् ।  जिल्लामा आर्थिक वर्ष ०७८ / ०७९ मा ५ सय ८३ जना कुपोषित बालबालिका भेटिएका थिए ।

     

    प्रकाशित : सोमबार, ९ पुष २०८० , ०८:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend