Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट

वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट


  • सोमबार, पुष १६ २०८०
  • 715
    SHARES

    काठमाडौँ–  सरकारले वीर अस्पताललाई गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा  सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।  

    सरकारले वीर अस्पताललाई आर्थिक नाकाबन्दी गरेको दाबीसहित रिट दायर भएको हो। अक्सिजन ग्यास र खाजा खानाको लागि पूरै बजेट कटौती गर्ने निर्णय गैरकानुनी हुनुका साथै मौलिक हक र स्वास्थ्य उपचार पाउने तथा बाच्न पाउने हकविरुद्ध भएको दाबी रिटमा गरिएको छ।

    वीरमा घटाइएको आधा बजेट तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ। रिटको पेशी पुस १८ गतेलाई तोकिएको छ।

    रिटमा वीर अस्पताललाई तत्काल रकम निकासा गर्न अन्तरिम आदेशको माग गरिएको छ। 

    प्रकाशित : सोमबार, १६ पुष २०८० , ०६:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend