logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दिवा खाजाका लागि १५ रुपैयाँ अपर्याप्त : शिक्षामन्त्री

दिवा खाजाका लागि १५ रुपैयाँ अपर्याप्त : शिक्षामन्त्री


  • शुक्रबार, पुष २६ २०८१
  • 793
    SHARES

    काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई गुणस्तरीय दिवा खाजाका लागि १५ रुपैयाँले नपुग्ने बताएकी छन्।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनले निःशुल्क शिक्षा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको र त्यसको एकपाटो दिवा खाजा पनि रहेको बताइन्।

    उनले निःशुल्क शिक्षामा काम गर्ने विकास साझेदार संस्थाहरूसँग गुणस्तरीय खाजा उपलब्ध गराउन सहकार्य गरिने बताइन्।

    ‘१५ रुपैयाँले आफैँमा गुणस्तरीय खाजा दिन सक्दैन। हाम्रा स्थानीय उत्पादनलाई जोडेर मात्र गुणस्तरीय खाज सम्भव हुन्छ। यसका लागि कार्यविधि बनाएर अगाडि बढेका छौँ’,उनले भनिन्।

    प्रकाशित : शुक्रबार, २६ पुष २०८१ , ०२:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend