logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौं महानगर

७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौं महानगर


  • शुक्रबार, पुष २६ २०८१
  • 741
    SHARES

    २६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।

    ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

    ३ माघबाट सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ । तालिममा सहभागी हुन महानगरपालिकाले आवेदन माग गरेको छ ।

    आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिने महानगरको शिक्षा विभागले जनाएको छ ।

    विभागका अनुसार शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउन तालिम दिन लागेको हो ।

    प्रकाशित : शुक्रबार, २६ पुष २०८१ , ०६:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend