logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

एडमण्ड सिटी हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

एडमण्ड सिटी हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


  • शनिबार, पुष २७ २०८१
  • 728
    SHARES

    लोकसारथि, २७ पुस, रुपन्देही । एडमण्ड सिटी हस्पिटलले ‘‘स्वस्थ नागरिक, हाम्रो चाहना’’ नारासहित बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। स्वास्थ्य समस्याको समयमै निदान तथा निराकरण गर्ने र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरमा विभिन्न सेवाहरू प्रदान गरिँदैछ।

    शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल सर्जरी, जनरल फिजिसियन, दन्त रोगको निःशुल्क परिक्षण, भिडियो एक्स-रे, सुगर तथा थाइराइड परीक्षण लगायत अन्य विभिन्न सेवाहरू भारी छुटसहित उपलब्ध छन्।

    शिविर बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। नजिकैका तथा इच्छुक व्यक्तिहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनका लागि हस्पिटलका अध्यक्ष प्रकाश राना लगायत सम्पूर्ण हस्पिटल परिवारले हार्दिक अनुरोध गरेका छन्।

    स्वास्थ्य जाँच तथा परामर्शमा सहभागी भई आफ्नो स्वास्थ्यको ख्याल गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

    प्रकाशित : शनिबार, २७ पुष २०८१ , ०६:४५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend