Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

विदेशी सेनामा भर्ती सम्बन्धमा नेपालको पारदर्शी नीति हुनुपर्छ

विदेशी सेनामा भर्ती सम्बन्धमा नेपालको पारदर्शी नीति हुनुपर्छ


  • शनिबार, साउन २७ २०८०
  • 1.6K
    SHARES

    कुनै पनि एक देशको जनशक्ति अर्को देशको सुरक्षा निकाय जस्तै सशस्त्र बल, सेना वा पुलिसमा भर्ती हुनको लागि दुबै देश बीच उच्च स्तरीय सम्झौता हुनु पर्छ । बृटिश सरकारले भारत आजाद हुनु अघि गोर्खाली सेना भर्ती गर्न नेपालसँग सम्झौता गरेको थियो जस अनुसार लगभग ९०,००० नेपालीलाई बृटिश शासित भारतमा गोर्खाली सेनाको नाममा भर्ती गरेको थियो। बृटिशले गरिब नेपालीहरुको वीरताको भरपुर फाइदा उठाएर वीर गोर्खाली सेनाद्वारा विश्वका अधिकतम देशलाई आफ्नो कलोनी गराएको थियो।

    जापान, फकल्याण्ड टापु, अफ्रिका, फ्रान्स, जर्मन लगायत विश्वका अधिकांश देशमा लडाएर आफ्नो आधिपत्य जनाएको थियो । त्यसैताकादेखि गोर्खाली सेनाले बिश्वमा निडर भै लडेर लडाइको उत्कृष्ट मेडल भिक्टोरिया क्रस पाइ ‘वीर गोर्खाली’ को नामले चिनिएको थियो। जनरल मानेक्साले त यहाँसम्म पनि भनेका थिए ‘यदि कसैले मर्नदेखि डराउँदिन भन्छ भने या त ऊ झुट बोल्दै छ या ऊ गोर्खाली सेना हुनुपर्छ ।’ हाम्रा पुर्खा वीर थिए, निडर थिए, इमान्दार थिए त्यस्को भरपुर फाइदा बृटिश, भारत र सिङापुरले लिएका थिए र लिइरहेका छन्। १५ अगष्त १९४७ मा भारत स्वतन्त्र भए पाश्चात बृटिश भारत र नेपालको त्रिपक्षीय सन्धिनुसार केही सेना बृटिशले लग्यो भने केही सेना भारत मै रहे। आज पनि ४५,००० गोर्खाली सेना भारतमा कार्यरत छन्।

    बेलायतीहरूको तर्फबाट नेपाली युवाहरूले सन् १८१५ देखि बेलायतका लगभग सबै युद्धहरूमा लडेका छन्। भारतको स्वतन्त्रतादेखि नै यही कुरा सत्य हो। आधिकारिक होस् वा निजी रूपमा, नेपालमा विदेशी सेनाहरूका लागि लड्न सिपाहीहरू पठाउने लामो परम्परा छ, जसले यसलाई आजका युवाहरूका लागि सजिलै सोच्न सक्ने विकल्प बनाउँछ।

    तर आज रसिया र युक्रेन आपसमा युद्ध गरिरहेका छन्। यी दुई देशको लडाइले एकातर्फ दुई देशलाई हानि त पुर्याइरहेको छ भने अर्कोतर्फ विश्वको अर्थतन्त्रलाई समेत असर गरेको छ। विश्वका शक्तिशाली देशहरु निष्क्रिय रहेका छन्। नेपालको खस्किदो अर्थतन्त्र बेरोजगारी र मजबुरीको फाइदा उठाएर रुसले नेपालको अनुमति बिना नै आफ्नो सेनामा नेपालीलाई सामेल गरेको छ भने युक्रेनले पनि रुसलेभन्दा अधिक तलब र सुविधा दिएर आफ्नो सेनामा नेपालीलाई सामेल गरेको छ ।

    सयौं नेपाली युवा करार सैनिकका रूपमा रुसी सेनामा भर्ती भएका छन् । तीमध्ये केही नेपाली सेनाबाट अवकाश भइसकेका छन् । नेपाली युवाहरूलाई विकल्पको तीव्र आवश्यकता छ । नेपाली युवाहरूले नेपालमा पर्याप्त स्रोत र अवसर पाउन सक्दैनन् । बेरोजगारी, कम पारिश्रमिक र नेपालको आफ्नै सेनामा रिक्त पदको अभाव नेपाली युवाहरूलाई विदेशी सेनामा भर्ना हुन नेपालबाट बाहिर निस्कने अन्य कारकहरू हुन् । अब यहाँ भयावह स्थिति यो हुँदै छ कि रुस र युक्रेनको लडाइमा रुस र युक्रेन बीच भीडन्त हँुदा एक आपसमा नेपाली नै लड्ने छन्। दाइले भाइलाई, भाइले दाइलाई तातो गोली ठोक्ने छन् । नेपाल गरिब देश हुनु र आफ्नै देशमा रोजगार पाउन नसक्नु अर्काे देशमा रोजगारीका लागि जानुपर्ने बलियो कारण हो ।

    देशभित्र उचित व्यवस्थाको अभावमा निम्तिन गएको नेपालीको दुर्भाग्यलाई अब राम्रो व्यवस्थापनद्वारा सौभाग्यमा परिवर्तन गर्नु नेपाल सरकारको दायित्व हो । अन्तर्राष्ट्रिय स्तरमा दुई देशहरु युद्धमा छन् भने हाम्रो नेपाली दाजुबहिनीहरुलाई दुबै देशमा सेनामा भर्तीका लागि पठाउन हुन्न । विदेशी सेनामा सेवा गर्ने लामो परम्परा र स्वदेशमा विकल्पको अभावले युवा नेपालीहरू द्वन्द्वमा तानिएका छन् । वैदेशिक नीतिलाई अहित नहुनेगरी पारदर्शी बनाउनु पर्दछ । नेपालीलाई एक आपसमा लडाउन पाइदैन र लडाउन हुँदैन पनि । यस सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

    प्रकाशित : शनिबार, २७ साउन २०८० , ०५:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend