logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

दुम्कीबास पुल भाँचिएपछि डाइभर्सन बनाइँदै, विकल्प होङ्सी मार्ग

दुम्कीबास पुल भाँचिएपछि डाइभर्सन बनाइँदै, विकल्प होङ्सी मार्ग


  • शुक्रबार, पुष २६ २०८१
  • 767
    SHARES

    नवलपरासी पूर्व — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण गर्न थालिएको छ । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो ।

    नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘केही समय लाग्छ, हामी विकल्प खोज्दैछौं,’ उनले भने ।

    डाइभर्सन बनाउन कम्तीमा शनिबार दिउँसोसम्म लाग्न सक्ने पोखरेलले बताए । सडक डिभिजनको टोली फिल्डमा खटिसकेको उनले बताए ।

    दुम्कीबासमा पुल भाँचिएपछि वैकल्पिक सडकका रूपमा होङ्सी मार्ग प्रयोग गर्न सकिने भएको छ । दुम्कीबासबाट होङ्सी मार्ग हुँदै करिब १२ किलोमिटरको यात्रा गरेपछि पूर्व-पश्चिम राजमार्गमा निस्कन सकिन्छ । पुलपारिबाट उत्तरतर्फ गएर होङ्सी मार्ग हुँदै निस्कँदा पुलको करिब डेढ किलोमिटर पूर्व निस्किन्छ

    प्रकाशित : शुक्रबार, २६ पुष २०८१ , ०१:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend