logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

अमेरिकाले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने

अमेरिकाले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने


  • आइतबार, चैत्र ३ २०८१
  • 1.2K
    SHARES

    लोकसारथि, ३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एकपछि अर्को आक्रामक निर्णय गर्दै ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने भएको छ । रोयटर्सका अनुसार तीमध्ये कतिपय देशमा पूर्ण प्रतिबन्ध लगाइँदैछ भने केहीमा आंशिक रूपमा कडाइ गरिनेछ ।

    अमेरिकाले अफगानिस्तान, उत्तर कोरिया, सिरिया, इरान, क्युबासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण यात्रा प्रतिबन्ध लगाउनुका साथै ती देशका नागरिकलाई भिसा नदिने नीति लिएको हो । यी देशहरूलाई रेडलिस्टमा राखिएको छ ।

    रेडलिस्टमा परेका अन्य देशहरूमा भुटान, लिबिया, यमन, सोमालिया, सुडान र भेनेजुयला रहेका छन् । त्यस्तै, यात्रा कडाइ सूचीमा दक्षिण पाकिस्तान, बेलारुस, हाइटी, लाओस, म्यानमार, रूस, सियरालिओन, दक्षिण सुडान, तुर्कमेनिस्तान लगायत छन् । यी देशहरूका लागि भिसा नीतिमा आंशिक निलम्बन गरिएको छ, जसको असर पर्यटक तथा विद्यार्थी भिसाका साथै आप्रवासी भिसामा पर्ने बताइएको छ ।

    केही देशलाई अध्ययनको सूचीमा राखिएको छ भने यो निर्णय अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार ११ देशलाई रेडलिस्टमा राखेर पूर्ण भिसा प्रतिबन्ध लगाइँदैछ ।

    रेडलिस्टमा दक्षिण एसियाबाट भुटान र अफगानिस्तान परेका छन् । त्यस्तै, भिसा कडाइ गरिएका तर पूर्ण प्रतिबन्ध नलगाइएका १० देशहरूमा दक्षिण एसियाबाट पाकिस्तान परेको छ । तेस्रो सूचीमा २२ देशहरू छन् जसलाई ६० दिनको लागि कतिपय चासो सम्बोधन गर्नुपर्ने सूचीमा राखिएको छ ।

    प्रकाशित : आइतबार, ३ चैत्र २०८१ , ०५:१९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend