Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

शिक्षकद्वारा विद्यार्थीमाथि कक्षाकाेठामै निर्घात कुटपिट

शिक्षकद्वारा विद्यार्थीमाथि कक्षाकाेठामै निर्घात कुटपिट


  • बुधबार, मंसिर २७ २०८०
  • 507
    SHARES

    May be an image of 1 person, child and text that says 'ビ १६ - २३ ३०'

    पर्वत । कुश्मामा रहेको नमुना आवासीय माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत १३ वर्षीय बालकमाथि सोही विद्यालयका शिक्षक सज्जन पौडेलबाट ०८० मङ्सिर २४ गते निर्घात कुटपिट भएको छ ।

    देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले विद्यार्थी केसीलाई कक्षा कोठामा पढाई चलिरहेका बेला मुक्का र लात्ती प्रहार गरेको पीडित बालकले बताउनुभयो । शिक्षकले आफुलाई हात र खुट्टाले प्रहार गर्दै ढोकाबाट बाहिर फालिदिएको बलाकको भनाई छ ।

    शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका अन्य शिक्षकहरूले कुश्माको एक नीजि मेडिकलमा लगेर सामान्य उपचार गराएर घर पठाएका थिए । तर विद्यार्थीको अभिभावकले छोराको दाहिने आँखा हेर्न नमिल्ने गरी सुन्निएपछि बेलुका पोखरा अस्पताल पुर्‍याएर फर्काएको बताउनुभयो ।

    शिक्षकको कुटाइबाट शरीरका अन्य ठाउँहरूमा समेत चोट लागेको बालकको आमा चिनु केसीले बताउनुभयो । उहाँले आफ्नो छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयले उचित कारबाही गर्नुपर्ने माग राख्नुभएको छ ।

    विद्यार्थीमाथि आक्रमण गर्ने शिक्षकले यस भन्दा अघि पनि अन्य विद्यार्थीहरूलाई कुटपिट गरेका कारण विवादमा आएको स्थानीयले बताएका छन् ।

    शिक्षक पौडेलले कक्षामा आफूले पढाउँदै गर्दा अनुशासनहीन गतिविधि गरेपछि रिसमा आउँदा यस्तो घटना घटेको र अबका दिनमा आँफू सच्चिन तयार रहेको बताउनुभएको छ ।

    अभिभावकले शिक्षकलाई कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्वत पुगेर डिएसपी खुमलाल भुसालसँग छलफल गरेका छन् । पीडित पक्षलाई उजुरी लिएर आउन आग्रह गरेको डिएसपी भूसालले बताउनुभयो ।

    प्रकाशित : बुधबार, २७ मंसिर २०८० , ०५:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend