logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बुटवलको सिटी कलेजमा आगलागी

बुटवलको सिटी कलेजमा आगलागी


  • बिहिबार, पुष २५ २०८१
  • 858
    SHARES

    लोकसारथि, २५ पुस, बिहिबार । बुटवलको नयाँ गाउँस्थित सिटी क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    आगलागीबाट विश्वविद्यालयको कम्प्युटर ल्याब कोठामा क्षति भएको प्रहरी नायव निरीक्षक विजयराज पण्डितले जानकारी दिए । कलेज प्रशासनका अनुसार ३० थान कम्प्युटर रहेको बताइएको छ । उनले भने, ‘त्यस ल्याबमा सबै जलेको देखिएको छ ।’

    आगलागीबाट अन्य कोठाहरूमा भने क्षति नभएको र अवस्था सामान्य रहेको उनले जनाए ।

    प्रकाशित : बिहिबार, २५ पुष २०८१ , ०४:४५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend