logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन अस्वीकृत

आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन अस्वीकृत


  • आइतबार, माघ २७ २०८१
  • 390
    SHARES

    लोकसारथि, माघ २७ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता दिने निर्णयलाई निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था ‘एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले अस्वीकार गरेको छ।

    गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर, आयोगको उक्त निर्णयमा असहमति जनाउँदै एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शनिबार एक विज्ञप्ति जारी गरेको छ। एसोसिएशनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आयोगको बैठकमा ‘नोट अफ डिसेन्ट’ समेत रहेको उल्लेख छ।

    विज्ञप्तिमा स्रोत सुनिश्चित नभई स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ। विज्ञप्तीमा भनिएको छ, ‘स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने स्रोत सुनिश्चित नभई आठौं तह बराबरको निर्वाह भत्ता सहित स्नातकोत्तर अध्यापन गराउन नसकिने विषय पुनः स्मरण गराउन चाहन्छौँ।’

    १४ माघमा शिक्षा मन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारको दरले निर्वाह भत्ता दिने, दुई वर्षे बोन्ड गरेको अवस्थामा सरकारी अधिकृत सरह भत्ता दिने निर्णय गरेका थिए। यसलाई निजी मेडिकल कलेजले समर्थन गरेका थिए। तर, विद्यार्थीहरुले असहमति जनाएर आन्दोलन गरेपछि पछिल्लो निर्णय आएको हो।

    प्रकाशित : आइतबार, २७ माघ २०८१ , ०८:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend