काठमाडौं – अस्पताल प्रशासनले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग राख्दै सिभिल अस्पतालमा कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठन, निजामती कर्मचारी अस्पताल शाखाको नेतृत्वमा भएको उक्त आन्दोलनमा उचित पारिश्रमिक, सामाजिक सुरक्षा कोष, जोखिम भत्ता र श्रम शोषणको अन्त्यको माग राखिएको अध्यक्ष केशब बहादुर रोकायाले स्वास्थ्यखबरलाई बताए।
अस्पतालले आन्दोलनको आठौं दिन बित्दा समेत मागहरु पूरा गर्नेतर्फ तत्परता नदेखाएको रोकायाको आरोप छ। उनले भने, ‘आठ दिनदेखि हामीले आफ्ना माग राखेर अस्पताल अगाडि शान्तीपूर्ण धर्ना दिइरहेका छौं। अस्पताल प्रशासनले हाम्रा मागको सम्बोधन गर्नुको सट्टा आन्दोलन दबाउने धम्की दिँदै आएको छ । अस्पतालको विनियावली संशोधन,जोखिम भत्ता,सामाजिक सुरक्षा कोषको व्यवस्था,र समान पारिश्रमिक सुनिश्चिता हाम्रो प्रमुख मागहरु हुन्।’
आउट सोर्सिङ कर्मचारीको हकमा उचित पारिश्रमिक सेवा, सुविधाको व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीलाई स्थायित्वको प्रक्रिया अगाडी नबढाइ खुला प्रक्रिया बन्द गर्नुपर्ने माग उनीहरुले राखेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
