logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा


  • मंगलबार, फाल्गुन २० २०८१
  • 572
    SHARES

    काठमाडौँ, २० फागुन : अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

    निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि रू ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रू २४ करोड रहेको अर्थमन्त्रालयले जनाएको छ ।

    प्रकाशित : मंगलबार, २० फाल्गुन २०८१ , १०:१० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend