logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन


  • सोमबार, असोज २७ २०८२
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागु गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागु गर्न पत्रचार गरिएको जानकारी दिए ।

    मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि  निर्देशन दिइएको उनको भनाइ छ ।  उनका अनुसार, तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

    पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् ।

    मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उनले बताए । यस्तै, मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ । रासस

    प्रकाशित : सोमबार, २७ असोज २०८२ , १२:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend