Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

डेंगुका कारण तनहुँमा ६ वर्षीय बालकको मृत्यु

डेंगुका कारण तनहुँमा ६ वर्षीय बालकको मृत्यु


  • शुक्रबार, असोज २६ २०८०
  • 260
    SHARES

    तनहुँको व्यास नगरपालिका–४ का ६ वर्षीय बालकको डेङ्गु सङ्क्रमणबाट गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । योसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

    उनी दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीका विद्यार्थी थिए । यद्यपी व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे आधिकारिक जानकारी नआएको बताए ।

    व्यास नगरपालिका–१० का ३५ वर्षीय व्यक्तिको साउन १ गते, व्यास नगरपालिका–११ का १५ वर्षीय बालक भदौ १९ गते, व्यास नगरपालिका–२ की १३ वर्षीया बालिकाको भदौ २५ र ३४ गते मृत्यु भएको थियो । व्यास नगरपालिका–२ की एक वर्षीया महिलाको असोज २४ गते डेंगुका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रकाशित : शुक्रबार, २६ असोज २०८० , ०५:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend