Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

विश्व शौचालय दिवस मनाइँदै छ

विश्व शौचालय दिवस मनाइँदै छ


  • आइतबार, मंसिर ३ २०८०
  • 507
    SHARES

    आज विश्व शौचालय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

    संयुक्त राष्ट्र संघको आह्वानमा सरसफाइ र स्वच्छ र सुरक्षित शौचालयमा पहुँचको बारेमा चेतना अभिवृद्धि गर्न सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाइँदै आएको छ ।

    स्वच्छ खानेपानी तथा सरसफाइको दिगो विकास लक्ष्य नम्बर ६ सँग जोडेर ‘परिवर्तनको गतिलाई तीव्रता दिँदै’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसंघका अनुसार विश्वका साढे तीन अर्ब मानिस अझै पनि सुरक्षित शौचालय सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१९ मिलियन मानिस अझै पनि खुलामा दिसा गर्छन् । त्यसैगरी खुला दिसा र पिसाबबाट सर्ने रोगका कारण दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

    नेपालले सेप्टेम्बर ३०, २०१९ मा आफूलाई खुला दिसामुक्त घोषणा गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको छ। तर, पूर्ण सरसफाइको लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी छ ।

    संयुक्त राष्ट्रसंघको खानेपानी तथा सरसफाइ एजेन्सीका अनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाइ सेवामा पहुँच पु¥याएको छ । यसबाहेक, नेपालको ६४ प्रतिशत जनसंख्यामा मात्र साबुन पानीले हात धुने सुविधा छ।

    त्यस्तै, घरबाट निस्कने फोहोर पानीको प्रशोधन र उचित व्यवस्थापन ३९ प्रतिशत मात्रै भएको छ ।

    स्मार्ट वास सोलुसन नेपालका अध्यक्ष रामदीप शाहले स्वच्छ खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्नका लागि चलिरहेका सबै पहललाई पाँच गुणा छिटो अघि बढाउनुपर्ने बताए ।

    प्रकाशित : आइतबार, ३ मंसिर २०८० , ०३:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend