Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामी समस्यामा

डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामी समस्यामा


  • बुधबार, मंसिर २० २०८०
  • 416
    SHARES

    तनहुँ । दमौली अस्पतालमा सञ्चालित शत्रुधन–मञ्जु मृगौला डायलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामी समस्यामा परेका छन् । डायलासिस केन्द्रमा रहेका ११ ओटा मेसिनमध्ये सात ओटा बिग्रिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो ।

    डायलासिस मेसिन बिग्रिएको बारेमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग लगायत सम्बन्धित निकायमा जानकारी र ध्यानाकर्षण गराइएको थापाले बताउनुभयो ।

    चार ओटा मेसिन मात्रै सञ्चालन गर्नुपर्दा मध्यरातसम्म कुरेर डायलासिस गर्नु परेको बिरामीका आफन्तले बताउनु भयो । धेरै मेसिन बिग्रिएकाले एउटा बिरामीको चार घण्टा गर्नुपर्ने डायलासिस तीन घण्टा मात्र गरिएको अध्यक्ष थापाले बताउनुभयो । बिरामीको चाप धेरै हुँदा मध्यरातसम्म बसी बिरामीले पालो कुरेर उपचार गर्ने गरेको थापाले जानकारी दिनु भयो ।

    दमौली अस्पतालको उक्त डायलासिस केन्द्रमा ५२ जना मृगौलाका बिरामीले नियमित रूपमा डायलासिस गराउँदै आएकामा मेसिन बिग्रिएपछि सबैलाई पालो दिन डायलासिसको समय घटाइएको डायलासिस सेवाका इन्चार्ज शैलेन्द्र पण्डितले बताउनुभयो ।

    यस अघि पनि मेसिन बिग्रिएपछि गत जेठ १७ गते राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौँको प्राविधिक टोली आएर बिग्रिएका मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याए पनि पुनः ती मेसिन बिग्रिएर हाल चार ओटाले मात्रै काम गरेको पण्डितले जानकारी दिनुभयो ।

    बिग्रिएको मेसिन बनाउने प्राविधिक काठमाडौँबाटै आउनुपर्ने भएको हुँदा तत्काल मर्मत गर्न नसकिएको अध्यक्ष थापाले बताउनुभयो । अस्पतालमा बायोमेट्रिक टेक्निसियनको दरबन्दी नहुँदा डायलासिस मेसिन बिग्रिँदा बनाउन बाहिरबाट मानिस बोलाउनु परेको उहाँको भनाई छ ।

    २०७२ मङ्सिर ३ गते स्थापित उक्त डायलासिस केन्द्रमा सुरुमा १ करोड २० लाख रुपियाँको लागतमा डायलासिस उपकरण जडान गरिएको थियो ।

    प्रकाशित : बुधबार, २० मंसिर २०८० , १२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend