Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रामेछापका १९ ओटा स्वास्थ्य संस्थाको निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

रामेछापका १९ ओटा स्वास्थ्य संस्थाको निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या


  • बुधबार, पुष ४ २०८०
  • 234
    SHARES

    Photo_080-9-4_Ramechhap

     

    रामेछापमा निर्माणाधीन १९ ओटा स्वास्थ्य संस्थाका भनव निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

    २०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएका सहित १९ ओटा स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । स्काई विवश निर्माण सेवाले भवन निर्माणको काम अलपत्र पार्दा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई सेवा प्रवाहमा कठिनाई भएको हो ।

    तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण सुरु गरिएका स्वास्थ्य चौकीका कुनै पनि भवनको निर्माण सम्पन्न भएका छैनन् । दुई ओटा स्वास्थ्य संस्थाका भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि बाँकी अलपत्र अवस्थामा छन् ।

    सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार सो कम्पनीले १५ महिनामा काम सक्ने गरी ०७८ वैशाख ८ गतेबाट जिल्लाका विभिन्न १९ ओटा स्वास्थ्य संस्थाको भवन निर्माणको कामको थालेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि ०७९ चैत २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक म्याद थप गरिएको थियो । पहिलो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि ०८० मङ्सिर २० गतेसम्म काम सक्ने गरी अन्तिम पटक म्याद थप गरिएको छ । अन्तिम पटक थपिएको म्याद पनि सकिएको छ । तर निर्माण कम्पनीले रोकिएको निर्माणको काम सुरु गरेको छैन ।

    पटक पटक म्याद थप गर्दा समेत काम सक्न अटेर गरिरहेको निर्माण कम्पनीले अब पाँच महिनामा काम सक्ने प्रतिबद्धता जनाएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापकी प्रमुख रमिता श्रेष्ठले बताउनु भयो ।

    समय भित्र काम नसके निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले १९ ओटा स्वास्थ्य संस्था मध्य दुई ओटाको काम अन्तिम चरणमा पुगेको र बाँकी १७ ओटा मध्ये अधिकांश स्वास्थ्य संस्था निर्माणको ८० प्रतिशत काम पनि भएको छैन ।

    सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार ११ वटा स्वास्थ्य चौकी भ्याट बाहेक १९ करोड ३७ लाख ८७ हजार र आठ ओटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपियाँ लागतमा निर्माण गर्ने सम्झौता भएको छ ।

    नवराज घिमिरे/इन्सेक

    प्रकाशित : बुधबार, ४ पुष २०८० , १२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend