Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या

अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या


  • शुक्रबार, पुष ६ २०८०
  • 195
    SHARES

    सदरमुकाममा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

    अस्पतालमा अति जरुरी रहेको बाल रोग र स्त्री रोगसम्बन्धी विषयका विशेषज्ञ चिकित्सकहरू नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाइले बताउनु भयो ।

    चौतारा अस्पतालमा विभिन्न विषयका विशेषज्ञ गरी तीन जना स्थायी र सात जना अस्थायी गरी १२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । तर दुई जना स्थायी र पाँच जना अस्थायी गरी सात जना मात्र कार्यरत रहेका छन् । पाँच जना विशेषज्ञ चिकित्सक खाली हुँदा सेवा प्रवाहमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाइले बताउनु भयो । विभिन्न समयमा विभिन्न रोगको प्रकोपहरू देखा पर्दछ तर विशेषज्ञ चिकित्सकको अभावमा सेवा पुर्‍याउन समस्या भएको प्रमुख बजगाइले जानकारी दिनुभयो ।

    पाँच जना विशेषज्ञ चिकित्सकले जागिर छाडेर गएपछि रिक्त भएको हो । रिक्त दरबन्दीमा बागमती प्रदेश सरकारले विज्ञापन गरी भर्ना गर्नु पर्ने हो, तर विज्ञापन नभएको धेरै समय भएको चौतारा अस्पतालका सूचना अधिकारी चुडामणी पुरीले बताउनु भयो ।

    यस चौतारा अस्पतालमा सरकारी स्वीकृत भएको १५ सैया मात्र हो । तर बिरामीको चापको कारणले ३७ बेड राखेर सञ्चालन गर्नु परेको बाध्यता रहेको चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर कार्कीले बतउनु भयो ।

    जिल्लाकै ठूलो यस चौतारा अस्पतालमा दैनिक १ सय ५० जना सम्म चिरामीहरू सेवा लिन आउने गरेको तर विषय अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बाहिर रहेका अस्पतालहरूमा रिफर गर्नु परेको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाइले बताउनु भयो ।

    Photo_080-9-6_Sindhupalchok

    प्रकाशित : शुक्रबार, ६ पुष २०८० , १०:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend