Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एकीकृत समाजवादीका ५० केन्द्रीय नेताद्वारा अंगदान गर्ने सम्झौता

एकीकृत समाजवादीका ५० केन्द्रीय नेताद्वारा अंगदान गर्ने सम्झौता


  • शुक्रबार, पुष १३ २०८०
  • 221
    SHARES

    नेकपा (एकीकृत समाजवादी) का ५० जना केन्द्रीय नेताहरूले अंगदान गर्ने घोषणा गर्नुभएको छ।

    पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा नेताहरूले मृत्युपछि अंगदान गर्नुभएको हो।

    पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, कृषि मन्त्री समेत रहनुभएका अर्का उपाध्यक्ष बेदुराम भुसाल, प्रमेश हमाल, धर्मनाथ प्रसाद साहले अंगदान गर्ने सम्झौता गर्नुभएको छ।

    त्यस्तै पार्टीका उपमहासचिव डा.विजय पौडेल र डा.गंगाल तुलाधरले पनि अंगदान गर्ने घोषणा गर्नुभएको छ। पार्टी सचिव जीवनराम श्रेष्ठ, नागेन्द्र चौधरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापा, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, गण्डकी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष श्रीनाथ बरालले पनि अगंदान गर्ने प्रत्यारोपण केन्द्रसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।

    पार्टीका पोलिटब्यूरो सदस्य गणेश वि.क, केन्द्रीय सदस्य मनु सिग्देल, निरादेवी जैरु, पार्टी प्रचार विभाग सदस्य लेखनाथ सिकारूलगायतका नेताहरूले अगं दानको घोषणा गर्नुभएको केन्द्रकी संयोजक बन्दना खत्रीले जानकारी दिनुभयो । खत्रसहित डा.निरू शर्मा लगायतको स्वाथ्यकर्मीको टोलीले कान्तिपुर गार्डेन लतिलपुरमा शिविर सञ्चालन गरेको थियो।

    प्रकाशित : शुक्रबार, १३ पुष २०८० , १०:१० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend