Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हिमभास–२०२४ मा सहभागी हुन ४१ देशबाट १२० बढी विशेषज्ञ चिकित्सकहरु नेपाल आए

हिमभास–२०२४ मा सहभागी हुन ४१ देशबाट १२० बढी विशेषज्ञ चिकित्सकहरु नेपाल आए


  • शुक्रबार, माघ ५ २०८०
  • 299
    SHARES

    काठमाडौँ, ४ माघ । भास्कुलर सम्वन्धी बृहत अन्तराष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) २०२४’ सुरु भएको छ ।

    ललितपुरको होटल हिमालयमा आज विहान देखि सुरु भएको सो तीन दिने सम्मेलनमा नेपाल सहित ४२ देशका विशेषज्ञ ३०० बढी चिकित्सक सहभागी छन् । समिटको मुख्य आयोजक नेपाल भास्कुलर सोसाइटी रहेको छ ।

    सम्मेलन आयोजक समितिका अध्यक्ष एवं बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेले ४२ बढी देशका भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता सहभागी भएको यो सम्मेलनले यो विषयसंग सम्वन्धित नयाँ नयाँ अनुसन्धान तथा उपचार पद्धतीको बारेमा अनुभव आदानप्रदान हुने बताए ।

    उनले नेपाल अहिलेसम्म यति बृहत रुपमा अन्तराष्ट्रिय स्तरका विज्ञ चिकित्सकहरु सहभागिता भएको भास्कुलर सम्वन्धी सम्मेलन नभएको दावी गरे ।

    सम्मेलनमा भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्सको सहभागिता छ ।

    डा. पाण्डेले सम्मेलनबाट नेपाल र नेपालको स्वास्थ्य क्षेत्रको बारेमा विश्वजगतलाई चिनाउन तथा नेपालले विश्वका उत्कृष्ठ उपचार सेवाबारे सिक्न तथा थाहा पाउन मद्धत पुग्ने बताए ।

    ‘यो कार्यक्रममा वर्ल्ड फेडरेसन अफ भास्कुलर सोसाइटीका अध्यक्ष, युरोपियन भास्कुलर सोसाइटीका अध्यक्ष, एसियन सोसाइटीका अध्यक्ष, सार्क सोसाइटीका अध्यक्ष मात्रै होइन, भारत बंगलादेश, सिंगापुर, मलेसिया लगायतका देशका भास्कुलर सोसाइटीका अध्यक्षहरु पनि यो कार्यक्रममा प्रत्यक्ष सहभागी भएका छन् ।

    सम्मेलन शुभारम्भ हुनु अघि भास्कुलरका क्षेत्रमा उल्लेखनीय योगदान गरेका चिकित्सक तथा त्यससंग सम्वन्धित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    अन्नपूर्ण न्युरो अस्पतालका अध्यक्ष प्राडा बसन्त पन्त, मेदान्ता मेडिसिटीका अध्यक्ष प्राडा नरेश त्रेहान, भास्कुल सोसाइटी अफ सार्कका अध्यक्ष डा मन्दिका बिजेरत्ने, सोहिव पदारिया, डा भरिन्दर सिंह बेदी भारत, डा मार्क लगायतलाई सम्मान गरिएको थियो । यस्तै गेष्ट अफ अनरको रुपमा नर्भिक अस्पतालका नेहा चौधरीलाई विशेष सम्मान गरिएको थियो ।

    त्यस लगत्तै कार्यक्रम साइन्टिफिक सत्रमा प्रवेश गरेको थियो । सो सत्रमा नेपाल सहित विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुले आफ्ना साइन्टिफिक कार्यपत्रहरु प्रस्तुत गरिरहेका छन् ।

    तीन दिने सम्मेलनको पहिलो र दोस्रो दिन होटल हिमालय कुपन्डोलमा हुने छ । तेस्रो दिनको कार्यक्रम क्लव हिमालय नगरकोटमा हुने छ ।

    प्रकाशित : शुक्रबार, ५ माघ २०८० , ०८:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend