logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

गीति सम्झना, भाग—१

गीति सम्झना, भाग—१

  • मंगलबार, पुष १६ २०८१
  • 741
    SHARES

    गीति सम्झना, भाग—१

    तनको पीडा निख्रियो, मनको दर्द जीवन्त
    बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त

    कति हजार वर्षसम्म तिम्लाई मैले कुर्ने हो ?
    तिमीलाई भेट्ने साइत अब खै कैले जुर्ने हो ?
    जीवनसाथी बनेरै आउ, कुर्छु म जुनी अनन्त
    बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त

    चाहना छ बिताउने लाखौं जुनि तिम्रै साथमा
    एक्कासी आयो काल थिएन पल हाम्रो हातमा
    आँखा लाइस् किन दैव, तैँले हामीमाथि भन् त ?
    बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त

    विधाताको खेल कस्तो छुटाउने र भेटाउने
    वर्साैँको नाता छिनमै यसैगरी मेटाउने
    कुरी बस्नु मलाई नै तिमी, आउँछु है लिइ फेरि जन्त
    बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त

    तिमी साथमा छँदा थिएँ म त संसारकै धनी
    बाच्दै छु तिमी बिनै यसरी कंगाल बनी
    को छ र म जस्तो गरिब, गुम्यो मेरो ठूलो धन त
    बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त

    प्रकाशित : मंगलबार, १६ पुष २०८१ , ०२:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend