लोकसारथि, माघ २० । तनहुँको व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार साँझ ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेर चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक (डीएसपी) अशोक थापाले जानकारी दिएका छन् ।
दुर्घटनामा ज्यान गुमाउने व्यक्ति भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला, पूर्वी चम्पारणका ३६ वर्षीय श्रीकान्त कुमार रहेको पुष्टि गरिएको छ ।
ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते भएका उनलाई उद्धार गरी दमौली अस्पताल लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
