logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सल्यान महोत्सवमा आगलागी: ८० स्टल जले, ८ करोड क्षति

सल्यान महोत्सवमा आगलागी: ८० स्टल जले, ८ करोड क्षति


  • आइतबार, माघ २७ २०८१
  • 468
    SHARES

    सल्यान- सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ ।

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।
    आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको हो ।

    महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गएराती ११ वजे स्टलमा आगलागी भएको हो । आगलागी वाट ८ करोड वढिको क्षति भएको अनुमान गरिएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको बिबरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।

    प्रकाशित : आइतबार, २७ माघ २०८१ , ०७:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend