logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन


  • मंगलबार, माघ २९ २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार चाबहिलस्थित दीर्घायु अस्पतालमा निधन भएको हो ।

    पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको निर्वाचनमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिइन् । दाहालले ६५ हजार सात सय ७७ मत ल्याएकी थिइन् ।

    श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

    अविवाहित दाहाल बहिनीको घरमा बस्ने गरेको गोकर्णेश्वर नगरपालिका–६ का पूर्ववडाध्यक्ष रमेश अर्यालले जानकारी दिए । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

    प्रकाशित : मंगलबार, २९ माघ २०८१ , ०१:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend