लोकसारथि संवाददाता, काठमाडौं ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलानजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गएराति करिब ९ बजे खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ रोकिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाएर केही समयका लागि एकतर्फी आवागमन खुलाइएको थियो । तर माथिबाट फेरि पहिरो खसेपछि सडक पुनः दुईतर्फी नै बन्द भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनले बिहानैदेखि पहिरो हटाउने कार्य सुरु गरिएको जनाउँदै सडक सञ्चालनमा आउन कम्तीमा २ घण्टा लाग्ने अनुमान गरेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
