logo

शनिबार, २४ असोज २०८३

शनिबार, असोज २४ २०८३

धादिङको गजुरीनजिक सडक भासिएपछि राजधानी भित्रिने मुख्य राजमार्ग अवरुद्ध

धादिङको गजुरीनजिक सडक भासिएपछि राजधानी भित्रिने मुख्य राजमार्ग अवरुद्ध


  • शुक्रबार, असोज २३ २०८३
  • 156
    SHARES

    काठमाडौं, लोकसारथि । काठमाडौं उपत्यकालाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख राजमार्गमध्ये एक पृथ्वी राजमार्ग धादिङको गजुरीनजिक सडक भासिएपछि अवरुद्ध भएको छ। आज साँझदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा राजधानी आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।

    प्राप्त विवरणअनुसार धादिङ जिल्लाको गजुरीनजिक सडक भासिएपछि उक्त खण्डमा सवारी आवागमन रोकिएको हो। सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने सवारीसाधनको आवागमन प्रभावित भएको छ।

    दसैँ मनाउन काठमाडौं उपत्यकाबाट लाखौँ सर्वसाधारण विभिन्न जिल्ला जाने समयमा राजमार्ग अवरुद्ध हुनुले यात्रुहरूको आवागमनमा थप कठिनाइ उत्पन्न हुन सक्ने देखिएको छ। दसैँका लागि घर जाने तयारीमा रहेका यात्रुहरूलाई यसले प्रत्यक्ष असर पार्ने सम्भावना छ।

    यसअघि पनि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिँदा यातायात सञ्चालनमा ल्याउन करिब दुई साता लागेको थियो। विगतको उक्त घटनाले सडक पुनः सञ्चालनमा ल्याउने काम चुनौतीपूर्ण हुन सक्ने देखाएको छ।

     

    प्रकाशित : शुक्रबार, २३ असोज २०८३ , ०८:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend