बुटवल । प्रधानमन्त्री बाले शाह नेतृत्वको सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। सरकारका अनुसार यो सरुवा कारबाही नभई जिम्मेवारी परिवर्तन हो।
सोहीबीच नयाँ आईजीपीका रूपमा डा. मनोजकुमार केसीलाई नियुक्त गरिएको छ, उहाँले जिम्मेवारी सम्हालिसक्नु भएको छ। पूर्व आईजीपी कार्कीले आफूलाई कार्यकाल सकिनुअघि गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।
उहाँले पद रिक्त नै नभई अर्कालाई नियुक्त गर्नु गैरकानुनी भएको तर्क गर्नुभएको छ। अदालतले यो विषयमा निर्णय दिनेछ। प्रहरी नेतृत्व परिवर्तन गर्ने अधिकार सरकारलाई भए पनि, कार्यकाल बाँकी रहेको अवस्थामा गरिएको परिवर्तन कानुनी प्रक्रिया र संस्थागत स्वायत्ततासँग जोडिएर प्रश्न उठेको छ। यो विषय सर्वोच्चको फैसलापछि स्पष्ट हुनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
