तिलोत्तमा। ध्रुवतारा युवा क्लब, तिलोत्तमा–१, प्रेमनगरको आयोजनामा पुनर्निर्माण गरिएको प्रेमनगर चौपारीको उद्घाटन समारोहसहित भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
स्थानीय कला, संस्कृति र मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २०८३ साल कार्तिक २१ गते शनिबार प्रेमनगर चोकमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। साँझ ५ बजेदेखि सञ्चालन हुने उक्त कार्यक्रमसँगै स्थानीय युवाहरूको सक्रियतामा पुनर्निर्माण गरिएको चौपारीको उद्घाटनसमेत गरिने आयोजकले जनाएको छ।
ध्रुवतारा युवा क्लबको आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रममा चर्चित गायक खुमन अधिकारी, पुरुषोत्तम भण्डारी (पुर्खे बा), सम्झना रणपाल, कृष्ण सुवेदीलगायत उनको टोलीको प्रस्तुति रहनेछ।
त्यसैगरी बाबिता नान्जेल्स डान्स ग्रुपको आकर्षक नृत्य, लाइभ दोहोरी तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका प्रमुख आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।
स्थानीय युवाहरूको पहलमा चौपारीको पुनर्निर्माण गरी उद्घाटन गर्न लागिएको यस कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै सामाजिक एकता, आपसी सद्भाव र सामुदायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसमेत कार्यक्रमले राखेको छ।
कार्यक्रमबारे जानकारी दिँदै क्लबका अध्यक्ष श्रीबाबुराम देवकोटाले स्थानीयस्तरमा कला, संस्कृति र सामाजिक एकताको विकासका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।
ध्रुवतारा युवा क्लबले कार्यक्रममा उपस्थित भई सांस्कृतिक उत्सवको शोभा बढाइदिन स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी, युवा तथा सम्पूर्ण कला–संस्कृतिप्रेमीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
