logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भीरमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

भीरमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु


  • मंगलबार, माघ ८ २०८१
  • 429
    SHARES

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । ‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ’, उनले भने । रासस

    प्रकाशित : मंगलबार, ८ माघ २०८१ , ०४:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend