logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

चितवन-२ मा निःशुल्क बस सञ्चालन तथा घरदैलो स्वास्थ्य शिविर

चितवन-२ मा निःशुल्क बस सञ्चालन तथा घरदैलो स्वास्थ्य शिविर


  • बुधबार, साउन १७ २०८०
  • 1.1K
    SHARES

    चितवन । रास्वपा का सभापति रबि लामिछानेले चितवनमा बस सेवा सञ्चालन गरेका छन् । आफू निर्वाचित भएको मितिले सय दिन पुगेको अवसरमा आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुको सुविधालाई लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । ब्लू बस  (Blue Bus) नाम राखिएको उक्त बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने छ। बसभित्र महिलाका लागि आवश्यक पर्ने Sanitary Pad लगायतका सामाग्रीको समेत व्यवस्था हुने छ।

    यसबाट हजारौं महिलाले प्रत्यक्ष लाभ लिन सक्ने छन् एकातिर भने अर्काेतिर उनीहरुको सुरक्षा व्यवस्थाको यो सुनिश्चितता पनि हुने छ। प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुले यसैगरी केही न केही जनतालाई सुबिधा दिने कार्यहरु संचालन गर्न व्यक्तिगत योगदान दिने हो भने जनताले राहत पाउँथे। यही सिको अन्य  Political Party का सांसदले पनि अनुकरण गर्न जरुरी छ ।

    त्यसैगरी, रास्वापाकै नेतृत्वमा बिहानैदेखि मेडिसिनसहितको जम्बो टोली घरदैलो स्वास्थ्य शिविर सञ्चालनमा खटिएको छ । निलो एम्बुलेन्समा Medicines राखेर घरदैलो स्वास्थ्य शिविर संचाल्न भै रहेको स्थानीय स्रोतबाट जानकारी प्राप्त भएको छ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिक यस घरदैलो स्वास्थ्य शिविरको लक्षित समूह रहेका छन् । ३.३० सम्म १५० जना विरामीको स्वास्थ्य जाँच गरिसकेको बताइएको छ । बाँकी बचेका घर–घर गएर हेल्थ चेकअप गर्ने काम साँझसम्म पनि जारी रहने स्रोतले बताएको छ ।

    प्रकाशित : बुधबार, १७ साउन २०८० , ०४:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend