Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा डेंगीबाट हजारौं संक्रमित, मर्नेहरुको संख्या बढ्ने आशंका

नेपालमा डेंगीबाट हजारौं संक्रमित, मर्नेहरुको संख्या बढ्ने आशंका


  • बिहिबार, साउन २५ २०८०
  • 325
    SHARES

    रुपन्देही । डेंगु भाइरस संक्रमित एडिस प्रजाति (Ae. aegypti वा Ae. albopictus) लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यी लामखुट्टेले जिका, चिकुनगुनिया र अन्य भाइरसहरू पनि फैलाउँछ। विश्वको झन्डै आधा जनसंख्या, करिब 4 अर्ब मानिस डेंगुको जोखिममा रहेका क्षेत्रमा बस्छन्। डेंगु फैलाउने लामखुट्टे दिनको समयमा सबैभन्दा बढी सक्रिय हुन्छ । मुख्यतः सूर्योदय पछि दुई घण्टा र सूर्यास्त अघि। तर यी लामखुट्टेहरूले स्पष्ट रूपमा मानिसहरूलाई रातको समयमा टोकेको पाइएको छ, मुख्यतया राम्रो उज्यालो ठाउँहरूमा।

    प्रत्येक वर्ष, 400 मिलियन मानिसहरू डेंगु भाइरसबाट संक्रमित हुन्छन्। लगभग 100 मिलियन मानिसहरू संक्रमणबाट बिरामी हुन्छन्, र 40,000 गम्भीर डेंगुबाट मर्छन्। डेंगु सम्बन्धित चार मध्ये कुनै एक भाइरसबाट हुन्छ: डेंगु भाइरस 1, 2, 3, र 4। एक व्यक्ति आफ्नो जीवनमा धेरै पटक डेंगुबाट संक्रमित हुन सक्छ। अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो ।

    ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को  तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेकाे छ । ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । उक्त जिल्लामा संक्रमितको संख्या ६ हजार ३०० पुगिसकेको छ ।

    त्यसैगरी मोरङमा 1 हजार 393, धादिङमा 1 हजार110, कास्कीमा 227 , धनकुटामा 223, दार्चुलामा 192, झापामा 182, काठमाडौँमा 153, संखुवासबामा 148 र तनहुँमा 79 वटा केसहरु पाइएका छन् ।

    प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै 8 हजार 420 जनामा डेंगी संक्रमण भइसकेको छ । गण्डकी प्रदेशमा 481, वाग्मती प्रदेशमा 1 हजार 547  र सुदूरपश्चिम प्रदेशमा 404 जना, लुम्बिनी प्रदेशमा219, मधेश प्रदेशमा 58 र कर्णाली प्रदेशमा 28 जना संक्रमित भइसकेका छन् ।

    सूर्य उदय पछि 2 घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अघि डेङ्गी फैलाउने मच्छर मान्छेलाई टोकेर रगत चुस्न सक्रिय रहन्छन् । यो समयमा विशेष सतर्कता अपनाउनु जरुरी हुन्छ ।

    उच्च ज्वर, वान्ता, प्लेटलेट्स घट्नु, कलेजोमा समस्या देखिनु, पाचन प्रक्रिया बिग्रिनु जस्ता यसका प्रमुख लक्षण हुन् । स्वस्थ शरीरमा 1.5 लाख देखि 4.5 लाखसम्म प्लेटलेट्स हुनुपर्दछ । शरीरबाट रगत विशेषगरि चोटपटक लाग्दा वा दुर्घटना हुँदा बाहिर बग्न नदिनु यसको कार्य हो । मेडिकली 50,000 भन्दा तल पुग्नुलाई लो प्लेटलेट्स भएको मानिन्छ ।

    प्लेटलेट्स 20 हजारभन्दा तल झरेमा चोटपटक बिनापनि शरीरबाट रगत अनियन्त्रित रुपमा बग्न सक्छ । डेङ्गी भयो भनेर डराई हाल्नु चाहीँ पर्दैन । प्लेटलेट् 5000 पुगेका विरामीहरु पनि सही उपचार पाएको घण्डमा  बाँचेको रिपोर्टले देखाएको छ । शरीरमा डेङ्गी देखियो भने 2.5–3 लिटर पानी दिनभरीमा पिउनु पर्दछ ।

     

     

    दालको झोल, जीवनजल, नारियल पानी, अन्य फलको जुस जे मन पर्छ त्यो झोलिलो पदार्थ खानु पर्दछ । अनार, एलोवेरा, गिलोय, मेवाको पातको जुस, पाकेको मेवाले प्लेटलेट्सलाई बढाएको पाइएको छ त्यसैले यी कुराहरुको सेवन गर्नु लाभकारी हुन्छ ।

     

    प्रकाशित : बिहिबार, २५ साउन २०८० , ०७:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend