Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हज गर्न इच्छुक मुसलमानहरुबाट गृह मन्त्रालयले गर्याे आवेदन माग

हज गर्न इच्छुक मुसलमानहरुबाट गृह मन्त्रालयले गर्याे आवेदन माग


  • बिहिबार, साउन ३२ २०८०
  • 195
    SHARES

    राजु विके, श्रावण ३२ । हज यात्रा सम्बन्धमा गृह मन्त्रालयले मंगलबार (श्रावण ३० गते) सूचना जारी गरेको छ । सन् २०२४ का लागि नेपालबाट हज यात्रा गर्न इच्छुक मुसलमानहरुबाट मन्त्रालयले आवेदन माग सहित सूचना जारी गरेको हो । नेपालले १२०० जना हज यात्री पठाउन सक्नेगरी साउदी अरब सरकारले कोटा निर्धारण गरेको छ । हज यात्राको लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नं ११३०१०००००३९६००१ मा २०८० असोज ३० गते भित्र एक लाख पचार हजार रुपैँया जमा गर्नुपर्ने छ ।

    नेपाल हज समितिको सचिवालयको वेब साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ता बापत उक्त रकम बुझाउन भनिएको छ । डाउनलोड गरेको फारममा आवश्यक विवरण खुलाई नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको फोटोकपि संलग्न राखि आफ्नो क्षेत्रमा रहेको जिल्ला प्रशासन कार्यालयमा हज गर्न इच्छुकले बुझाउनुपर्ने छ । पासपोर्टको म्याद सकिने मिति सन् २०२४ डिसेम्बर ३० भन्दा पछिसम्मको कायम रहेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

    सूचना अनुसार हालसालै सेतो ब्याकग्राउण्डमा खिचिएको पासपोर्ट साइज फोटो २ प्रति, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाण–पत्र एक प्रति, आवेदकको बैंक खाताको चेकको फोटोकपि (पति वा पत्नी कुनै एकको) बुझाउनु पर्ने छ ।
    केही थप जानकारीका लागि नेपाल हज समितिको सचिवालय सिंहदरबारको सम्पर्क नम्बर ०१–४२१११०४/७२ वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने छ ।

    साउदी अरबको मक्का सहरमा रहेको काबालाई इस्लामीहरुकोे सबैभन्दा पवित्र स्थल मानिन्छ । हज यात्रा विश्वका मुस्लिमहरूका लागि धेरै महत्त्वपूर्ण छ ।कुल पाँच स्तम्भहरु मध्ये ‘हज’ इस्लामहरुको पाँचौं स्तम्भ हो। सबै स्वस्थ र आर्थिक रूपमा सक्षम मुस्लिमहरू आफ्नो जीवनमा एक पटक हजको लागि अवश्य जान्छन् ।

    प्रकाशित : बिहिबार, ३२ साउन २०८० , १०:५० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend