Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेपाली सेनाद्वारा गाउँ पालिकालाई जैविक विविधताले युक्त गैडहवा ताल हस्तान्तरण

नेपाली सेनाद्वारा गाउँ पालिकालाई जैविक विविधताले युक्त गैडहवा ताल हस्तान्तरण


  • बुधबार, भाद्र ६ २०८०
  • 715
    SHARES

    लोकसारथी संवाददाता, भदौ ६ । नेपाली सेनाद्वारा गाउँ पालिकालाई गैडहवा ताल हस्तान्तरण भएको छ । नेपाली सेनाको व्यवस्थापनमा गैडहवा ताल पुनः निर्माण कार्य पूरा भएपछि एक कार्यक्रमका बीच उक्त ताल गैडहवा गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

    रास्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षता र काली भक्ति गण (इ) का रथि सिताराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रथि खड्काले ताल संरक्षणले पर्यटन प्रवर्धनसँगैै जैविक विविधता पनि बढेर जाने र ठूला जल संरक्षणले पानीको सतहलाई मात्रै नभै सम्पूर्ण बाताबरणलाई फाइदा हुने बताएका थिए।

    गैडहवा गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले ताल हस्तान्तरण कार्यक्रममा बोल्दै गौतम बुद्धको जन्म स्थल लुम्बिनी संगै रहेकाले गैडहवा ताललाई पर्यटन प्रवर्धन र प्रचार प्रसार गर्न सबैसँग आग्रह गरेका थिए। उनले लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जबसम्म गैडहवा तालसम्म ल्याइदैन तबसम्म गैडहवाको उन्नति हुन नसक्ने बताए । ताल गैडहवा गाउँ पालिका वडा नम्बर ४ मा अबस्थित छ । रास्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट आर्थिक बर्ष २०७९/८० को स्वीकृत बजेटबाट नेपाली सेनाले पुनः निर्माणको काम गरि गैडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा गैडहवा गाउँ पालिका उपाध्यक्ष माधुरी जयस्वाल प्रमुख प्रशासकीय अधिकृत, नेपाली सेनाका अधिकृत, वडा अध्यक्षहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

    प्रकाशित : बुधबार, ६ भाद्र २०८० , १०:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend