Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बगनासकाली पाल्पा–रुपन्देही एकता समाजको तीज मिलन कार्यक्रम सम्पन्न

बगनासकाली पाल्पा–रुपन्देही एकता समाजको तीज मिलन कार्यक्रम सम्पन्न


  • आइतबार, भाद्र १७ २०८०
  • 273
    SHARES

    राजु विके, भदौ १७ । बगनासकाली पाल्पा–रुपन्देही एकता समाजको हरितालिका तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । पाल्पा जिल्ला बगनासकाली गा.पा. मा जन्मिएर अध्ययन, व्यवसाय वा जागिरको सिलसिलामा रुपन्देही जिल्लामा रहेका अथवा त्यहाँबाट बसाईसराइ गरि रुपन्देही जिल्लामा स्थायी बसोबास गर्दै आएका परिवारका आमा, दिदी, बहिनीहरुको तीज मिलन कार्यक्रम शनिवार (१६ भदौ) सम्पन्न भएको हो ।

    सामाजिक, आर्थिक र सांस्कृतिक एकताको सूत्रमा बाँधिएर सुखदुखका सबै परिस्थितिहरुमा समन्वय, सहयोग र सहकार्य गर्ने उद्देश्यले बगनासकाली पाल्पा रुपन्देही एकता समाजको स्थापना २०७७ श्रावणमा भएको थियो ।

    कार्यक्रम संयोजक रुक्मिणी देबकोटाको स्वागत मन्तव्यसँगै समाजका अध्यक्ष कौसल बस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथिहरु गणेश बस्याल, टिकाराम गैरे, रमेश बस्याल, जिवलाल बस्याल, दुर्गा पाण्डेको उपस्थिति थियो भने कार्यक्रमलाई सहजीकरण (सञ्चालन) समाजकै महासचिव हिमलाल न्यौपानेले गरेका थिए ।

    करिब ३०० जनाको उपस्थितिमा तीजको शुभकामना आदान–प्रदान गर्दै कार्यक्रम भव्यसभ्य रुपमा सफल भएको महासचिव न्यौपानेले बताए ।

    प्रकाशित : आइतबार, १७ भाद्र २०८० , ०९:५४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend