Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हामी सबैको ‘नमस्ते नेपाल’

हामी सबैको ‘नमस्ते नेपाल’


  • शुक्रबार, भाद्र २९ २०८०
  • 2K
    SHARES

    हिजोका कुरा धेरैका हुन्छन् । भविष्यका कुरा गर्ने थोरै हुन्छन् । भविष्य अनिश्चित हुने गर्छ । अनिश्चित कुरा गर्नेहरु भविष्यको खोजीमा हुन्छन् । युवाहरु भविष्य खोज्छन् । बुढापाका इतिहास खोज्छन् । वर्तमान खोज्नेहरुको भीडमा सबै हराइरहेका हुन्छन् ।
    त्यहि भविष्यको खोजी गर्दै वर्तमानमा दौडिरहेको सामाजिक संस्था हो नमस्ते नेपाल । २०७५ सालमा जिल्ला प्रशान कार्यालय, रुपन्देहीमा दर्ता हुनु अघि बालक्वलका रुपमा रुपन्देहीकै शंकरनगरमा क्रियाशील थियो ।

    यतिबेला नमस्ते नेपालले भविष्यको उज्ज्वल सपना बुनेर देशभरीका युवाह?लाई नमस्ते नेपालमा गोलबन्द गर्ने उच्च योजनाका साथ भाद्र ३० गते शनिवार गण्डकी प्रदेशका ११ वटा जिल्लामा आफ्नो शाखा खोल्न प्रदेशस्तरीय संयोजन समिति गठन गर्ने अन्तिम चरणमा पुगेको छ ।

    नमस्ते नेपालले देशका सातै प्रदेशका १० हजार युवाह?लाई आफ्नो संस्थामा आवद्ध गराउने छ । अनुशासित र विवेकशील युवा तयार पार्नेछ । भविष्यमा नमस्ते नेपालमा रहेका युवाहरुलाई देशका हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिकामा उभ्याउने छ । नेतृत्व गराउने कोरा सपनामा मात्र होइन सोही अनुसारको तयारीमा जुट्ने छ । युवाहरुलाई विदेश जानबाट रोक्न यहीं ईलमी बनाउने छ । उद्यमशीलतामार्फत आफ्नो खुट्टामा आफै उभिन सक्ने युवा तयार पार्न नेपालको कृषि, शिक्षा, सञ्चार र पर्यटनलाई आफ्नो हब बनाउने योजना तयार पारेको छ ।

    नेपालको अर्थतन्त्र बलियो बनाउन नेपाली संस्थालाई नै आफ्नै परिवेशमा हुर्काउन, बढाउन र सक्षम बनाइ अघि सार्नका निम्ति नमस्ते नेपाल कटिवद्ध रहेको सबै प्रियजनहरुमा सम्प्रेषण गर्न पाउँदा नमस्ते नेपाल गौरवान्दित् छ । नेपाली माटो र नेपालीपना बोकेको नमस्ते नेपाल युवाहरुको मूलाधार हुन सक्छ । देश विकासको गतिलो खम्बा बन्न सक्छ । बनाउने जिम्मा तपाइँ, हामी सबैको हो ।

    नमस्ते नेपालले हिजोका दिनमा प्रशस्तै काम गरी सबैका विश्वासपात्र बन्न सकेको कारणले नै आज परिचयको नौलो आयाममा उभिएको छ । नेपाल बन्द, बन्द गरौंदेखि युवाहरुलाई कूलतबाट फस्न नदिन सचेतनामुखी अभियानको सारथी बनेको थियो । देउसीभैली खेलेर उठाएको सिदाले सहाराविहीन तथा विपन्न बालबालिकाहरुलाई स्कूले पोसाक, शैक्षिक सामग्री लगायतका सहयोगी सामान विकट बस्तीका विद्यार्थीलाई बाँडेको कुरा सुनाउन पाउँदा एक कदम अघि बढेको अनुभव नमस्ते नेपालले गरेको छ ।
    बाल अधिकारदेखि युवा दायित्वसम्मका क्रियाकलाप गरी तराई र पहाडलाई जोड्ने मनोवैज्ञानिक कार्यक्रमहरु गरेर सम्बन्धहरुलाई प्रगाढ बनाउने काम गरेको हिजोजस्तै लाग्छ । ज्येष्ठ नागरिकहरुका आफ्ना अनुभव र अनुभूति युवाहरुमा पुस्तान्तरण गर्ने कार्यक्रमले नमस्ते नेपालको ज्येष्ठ नागरिकप्रतिको सम्मानमा सगरमाथा चुलिएको थियो ।

    वृक्षरोपण, गाउँ, सहर सरसफाइ, ट्राफिक चेतना तथा आफ्नो कर्तव्यप्रति सचेत गराउन टीम बिल्डिङ्ग तालिम सञ्चालन गरेको नमस्ते नेपालले तिलोत्तमा नगरपालिकाबाट उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत हुने अवसर प्राप्त गरेको सन्देश प्रवाह गर्न पाउँदा खुसी भएको छ । कोरोनाकालमा गरेका स्वास्थ्य सेवा होस् वा निःशुल्क स्वास्थ्य शिविरले नमस्ते नेपाललाई मानव सेवामा सार्थक सहभागिता गराएको थियो ।

    रुपन्देहीबाट प्रदेश तथा संघीय संसदमा उम्मेदवारी दिएका उम्मेदवारलाई आफ्नो प्रतिवद्धता जाहेर गर्न प्रेरित गर्नेदेखि स्थानीय सरकारको सुशासनका बारेमा सार्वजनिक सुनुवाई गर्ने काममा आफूलाई सहजकर्ताका रुपमा उभ्याएको नमस्ते नेपाल देशमा शासनको राज्य चाहन्छ । जनप्रतिनिधिरुसँग युवा कार्यक्रम सञ्चालन गरेर वाहवाही कमाएको नमस्ते नेपाल आफ्नो संस्थाको पारदर्शिता र जवाफदेहितामा अब्बल छ ।

    यतिबेला नमस्ते नेपालमा नयाँ कार्यसमिति आइपुगेको छ । उनीरुलाई सहीमार्गमा डोराउनका लागि संस्थापक अध्यक्ष अर्जुन खरेल पथप्रदर्शकका रुपमा गतिशील छन् । मार्गदर्शक बनेका छन् । उनलाई हरेक साथीहरुले सहयोग गरेका छन् ।
    सातै प्रदेशका युवाहरुमा पुगेर भविष्य युवाहरुकै हो र छ भन्ने सन्देश दिन नमस्ते नेपालको देशाटनको यात्रा गण्डकी प्रदेशबाट सुरु हुँदैछ । माछापुछ्रेको छायाँसँगै फेवातालमा तैरिएर मधेश प्रदेशका युवाहरुसँग भाषा, भावना र भूगोल साट्ने छन् । सुदूरपश्चिमसँग छाउपडी हटाउन कम्मर कस्ने छ । कर्णालीको रारा लागयतका पर्यटकीय गन्तव्यहरुलाई साराका माझ फैलाउन विशेष योजना बनाउने छ ।

    कोशीमा पुगेर सगरमाथाको बयान गर्नेछ र बाग्मतिको विशेषता खोजी गर्नेछ नमस्ते नेपालले । लुम्बिनीमा हुर्केको नमस्ते नेपाल देशकै युवाहरुको स्पन्दन बन्दैछ ।
    नमस्ते नेपाल जे गर्छ भविष्यकै लागि गर्छ वर्तमानमा । वर्तमानको पिङ् खेल्दै भविष्य छुुने कल्पनामा उडेको मात्र छैन, बरु सुन्दर सपनालाई विपनामा परिणत गर्ने योजना अघि सारेको छ । इतिहास सम्झेको छ । वर्तमानमा गतिशील र क्रियाशील छ । सुन्दर भविष्यको खोजीमा नमस्ते नेपाल निरन्तर डटिरहेको छ ।

    प्रकाशित : शुक्रबार, २९ भाद्र २०८० , ११:१९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend