Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

संविधान दिवस २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

संविधान दिवस २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै


  • बुधबार, असोज ३ २०८०
  • 117
    SHARES

    असोज ३, रुपन्देही । आज संविधान दिवस २०८० सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

    आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आजकै दिन बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।

    सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । टुँडिखेल आसपासका क्षेत्रमा बिहानैदेखि सरसफाई गरिनुको साथै सुरक्षा व्यवस्था उच्च बनाइएको छ ।

    संविधान दिवस २०८०को अवसर पारेर ६ सय ७० जनाको सजाय  मिनाहा गरिएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मङ्गलवार विभिन्न ऐन, नियमअनुसार बुधवार देखी लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा  रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

    ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साबिकको नियम १ र १ क-लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–डब्लूओ–०९३९ र रिट नम्बर ०७९–डब्लूएच–०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४ सय ९७, हर्कबहादुर लिम्बुसमेत १ सय ७० र ज्येष्ठ नागरिक सहन दिन भन्ने समदिन मियाँसमेत तीन जना गरी जम्मा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०९०५९२९ को बैठकको सिफारिसबमोजिम २०८०९०६९०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल

    जनस्तरबाट कार्यक्रम आयोजना गरेको संविधान दिवसको सन्दर्भमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताएका छन्।

     

    प्रकाशित : बुधबार, ३ असोज २०८० , ०९:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend