Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

गैर आवासीय नेपाली नागरिकता सम्बन्धी कानून

गैर आवासीय नेपाली नागरिकता सम्बन्धी कानून


  • बुधबार, कार्तिक १ २०८०
  • 780
    SHARES

    विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने संशोधित नागरिकता ऐनमा व्यवस्था छ।

    यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन्।

    नेपालको नागरिकता फिर्ता नगरि विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम छ।

    गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट शपथ लिनुपर्ने नियम छ।

    सपथमा “मैले नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन भनी यो प्रतिबद्धता व्यक्त गर्दछु,” भन्ने प्रतिबद्धता जनाउनुपर्ने ढाँचा तयार गरिएको छ।

    यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नागरिकता रद्द गर्न सक्ने कानुनी व्यवस्था समेत छ।

    गैरआवासीय नेपाली नागरिकबारे कानुन अद्यावधिक नहुँदा अधिकारबारे अझैसम्म अन्योल रहेको अधिकारीहरू र गैरआवासीय नेपालीहरू बताउँछन्।

    कानुन अद्यावधिक गर्ने मस्यौदा परराष्ट्र मन्त्रालयले तयार गरेको भए पनि अघि बढ्न सकेको छैन।

    “त्यसलाई परिभाषित गर्न गैरआवासीय नेपाली नागरिक कानुन संसोधन हुन जरुरी छ। त्यसका लागि अझै छ महिना लाग्न सक्छ भन्ने जानकारी हामीलाई गराइएको छ,” हाल नेपालमा रहेका गैरआवासीय नेपाली सङ्घका केसीले भने।

    उनका अनुसार गैरआवासीय नेपालीहरूले उक्त कानुनमा नेपालमा सरकारी सेवामा प्रवेश गर्ने र नेपाली राहदानी प्रयोग गर्नेसम्मका अधिकारको माग गरेका छन्।

    “हामीले निर्वाचनमा भाग लिने र उम्मेदवार बन्नेबाहेकका सबै अधिकार हुनुपर्छ भनेर भनेका छौँ। संविधानको मर्म पनि यही हो,” उनले भने।

    तर गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारी गैरआवासीय नेपालीहरूले सरकारी सेवामा रोजगारी र राहदानीको अधिकार नपाउने बताउँछन्।

    “लिखित रूपमा व्यवस्था हुन त बाँकी नै छ तर नेपाली राहदानी र सरकारी सेवा नेपाली नागरिकहरूले मात्रै पाउने अधिकार हो। गैरआवासीय नेपाली नागरिकता भनेको नेपाली नागरिकता त्याग गरेका र विदेशको नागरिकता लिएको प्रमाण बुझाएपछि मात्रै पाउने नागरिकता भएकाले त्यस किसिमका अधिकार हुँदैन,” अधिकारीले भने।

    “यसलाई दोहोरो नागरिकता भनेर बुझ्नु भएन। हाम्रो कानुनले दोहोरो राहदानीको परिकल्पना गरेको छैन।”

    गैरआवासीय नागरिकता लिएकाहरूले नेपालमा सवारीचालक अनुमतिपत्र लिन पाउनेबारे पनि अन्योल कायमै रहेको अधिकारीहरू बताउँछन्।

    यद्यपि सम्बन्धित सरकारी कार्यालयहरूले त्यससम्बन्धी निर्णयहरू गर्दै जाने अपेक्षा गरिएको अधिकारीले बताए। (BBC)

    प्रकाशित : बुधबार, १ कार्तिक २०८० , ०७:४० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend