Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

परराष्ट्र मन्त्री साउदले USAID प्रशासक पावरसँग भेट गरे

परराष्ट्र मन्त्री साउदले USAID प्रशासक पावरसँग भेट गरे


  • बुधबार, कार्तिक १५ २०८०
  • 117
    SHARES

    अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले मङ्गलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)की प्रशासक सामन्था पावरसँग भेटवार्ता गर्नुभएको छ ।

    सो अवसरमा उनीहरुले नेपालको विकास प्राथमिकतालाई मिलाएर युएसएआईडीका चलिरहेका कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल गरेका थिए । प्रशासक पावरले प्रजातान्त्रिक प्रक्रियामा प्रगति र बलियो सम्बन्ध निर्माणमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरे। समावेशी आर्थिक विकासका लागि नेपालको प्रयासलाई समर्थन गर्ने युएसएआईडीको प्रतिबद्धतालाई दोहोर्‍याउँदै पावरले सरकारी र निजी क्षेत्रहरू मार्फत लगानीको सम्भावना बढाउन युएसएआईडीका कार्यहरूबारे छलफल गरे।

    युएसएआइडीको मुख्यालय वाशिङटन डिसीमा भएको भेटमा मन्त्री साउदले नेपालको आर्थिक तथा सामाजिक विकासका प्रयासमा युएसएआईडीले लामो समयदेखि गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । सो अवसरमा उनीहरुले नेपाल र अमेरिकाबीच विगत ७५ वर्षदेखिको घनिष्ट साझेदारी र सम्बन्धका बारेमा पनि छलफल गरेका थिए । नेपाल सरकार र USAID बीच ५ मे २०२२ मा ५ वर्षका लागि ६५ करोड ९० लाख अमेरिकी डलरको विकास सम्झौता भएको थियो ।

    नेपाल अल्पविकसित मुलुकको श्रेणीबाट मध्यमस्तरको विकासोन्मुख मुलुकमा उत्तीर्ण भएपछि सहयोग रकम विभिन्न क्षेत्रमा खर्च गरिने उल्लेख छ । सो अवसरमा अन्य सम्भावित आयोजनाका विषयमा पनि छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनको पनि उपस्थिति रहेको थियो । अमेरिका सन् १९५१ देखि नेपालको पहिलो र महत्वपूर्ण द्विपक्षीय विकास साझेदार भएको छ ।

    प्रकाशित : बुधबार, १५ कार्तिक २०८० , १२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend