Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तिहारको लक्ष्मी पूजाको दिन जिप दुर्घटनामा परि ७ जनाको मृत्यु

तिहारको लक्ष्मी पूजाको दिन जिप दुर्घटनामा परि ७ जनाको मृत्यु


  • आइतबार, कार्तिक २६ २०८०
  • 130
    SHARES

    कार्तिक २६, रुपन्देही । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आज बिहान साढे ११ बजे  दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पाडेलका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेको संख्या अब ७ पुगेको छ।

    आउँदै गरेको तिहारको मुखमा यसरी दुर्घटना हुदा मृतक परिवारमा शोक छाएको छ। जिपमा सवार ७ यात्रु मध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ प्रहरी नायव उपरिक्षक पौडेलले भने।  उनका अनुसार मृतकहरु बौद्धीकाली गाउपालिका वडा नं ६ का जिप चालक छनबहादुर आले, सोही ठाउ बस्ने कुमारी राना, माझडाडा बस्ने टेकमान वान्टकी मगर, बुलिङटार  वडा नं ४ चुलीबोझ बस्ने करिस्मा ठाडा रहेका छन् भने २ जनाको सनाखत हुन सकेको छैन्।  देवचुली नगरपालिका वडा नं ९ स्थित एस मोडमा चालकले गाडी घुमाउन नसक्दा स्थानीय ओम बहादुर अधिकारीको निर्माणाधिन घरमा गएर ठोक्किएको प्रहरी नायव उपरिक्षक पौडेलले बताए।  ‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको छ,’ उनले भने।

    प्रकाशित : आइतबार, २६ कार्तिक २०८० , ०३:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend