Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

धनगढीमा आगलागी, अस्पताल र पसल जलेर नष्ट

धनगढीमा आगलागी, अस्पताल र पसल जलेर नष्ट


  • शनिबार, मंसिर २ २०८०
  • 637
    SHARES

    सुदूरपश्चिम, १ मङ्सिर : धनगढी उपमहानगरपालिका–१ को मुख्य बजारमा शुक्रबार राति आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको छ ।

    दलबहादुर भण्डारीको भण्डारी जनरल स्टोरमा सर्ट सर्किटका कारण आगलागी भएको हो । आगलागीबाट सारथी अस्पताल प्रालिका साथै फुड एण्ड ट्रेड कम्पनी लिमिटेडको भवनमा सञ्चालित अन्य पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।

    आगलागीपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । आगलागीमा परी सारथी अस्पतालसहित भण्डारी जनरल स्टोर, मधुमाला बेबीसप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यू साधिक्षा इन्टरप्राइजेज, भण्डारी जुत्ता सेन्टर, भट्ट ट्रेडर्स एन्ड सप्लायर्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासीले चारवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित : शनिबार, २ मंसिर २०८० , ०१:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend