Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

अत्यावश्यक काममा मात्रै निस्कन ट्राफिक प्रहरीको अनुरोध

अत्यावश्यक काममा मात्रै निस्कन ट्राफिक प्रहरीको अनुरोध


  • बिहिबार, मंसिर ७ २०८०
  • 494
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले आज काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको हो ।

    काठमाडौंमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवगमनमा असहज हुन सक्ने सूचनामा उल्लेख छ ।

    “…अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन हुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,” सूचनामा उल्लेख छ ।

    ट्राफिक प्रहरीले आज सवारीसाधन जुनसुकै ठाउँबाट ‘डाइभर्सन’ गर्न सक्ने भन्दै सहयोग गर्न अनुरोध गरेको छ ।

    प्रकाशित : बिहिबार, ७ मंसिर २०८० , ०७:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend