Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गैँडा मारी खाग बेचेको आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक

गैँडा मारी खाग बेचेको आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक


  • बिहिबार, मंसिर १४ २०८०
  • 117
    SHARES

    काठमाडौँ । खाल्डोमा पारेर गैँडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका आठजनालाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ ।

    गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैँडा फेला परेका थिए । सोही गैँडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालयले जनाएको छ । सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगना नै उपस्थित थिए ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती-९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवानपुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ-९ मुल घरभइ हेटौँडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैँडा मार्ने योजनाकार भएको बताएको छ ।

    उनीहरू पनि नौ गते नै राप्ती-६ बाट समातिएका हुन् । गैँडाको खाग पनि राप्ती-६ मा नै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

    निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भई मकवानपुर हेटौँडा-५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरुङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भई चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तामाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नौ गते समातिएका हुन् ।

    उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको निकुञ्जका सूचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताए । उनीहरूलाई अनुसन्धान गरी मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैँडा मुद्दामा अपराध पुष्टि भए १० लाख रुपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

    प्रकाशित : बिहिबार, १४ मंसिर २०८० , ०६:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend