Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु


  • बिहिबार, मंसिर १४ २०८०
  • 130
    SHARES

    मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ।

    मकवानपुरगढीको बाँसपानीबाट सुकौरा जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी-२, बाँसपानीमा दुर्घटना भएको हो। बागमती प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल सडकबाट करीब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    दुर्घटनामा मकवानपुरगढी-२, कुर्लेपाखाकी ३४ वर्षीया रूपा स्याङ्तानको मृत्यु भएको छ। त्यस्तै, उनकी पाँच महीनाकी छोरीको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको घटनास्थलमै ज्यान गएको हो।

    त्यस्तै, दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते छन्। उनको हेटौंडामा उपचार हुन नसकेपछि भरतपुर लगिएको छ। उनी रूपाका श्रीमान् हुन्।

    प्रकाशित : बिहिबार, १४ मंसिर २०८० , ०९:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend