Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

मानव अधिकार समूहद्वारा कार्यवाहक नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र

मानव अधिकार समूहद्वारा कार्यवाहक नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र


  • शुक्रबार, मंसिर १५ २०८०
  • 78
    SHARES

    सप्तरी । शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्याहरु समाधान गर्न माँग राख्दै शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहले ०८० मङ्सिर १३ गते शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख अनिता कुमारी चौधरीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले कार्यवाहक नगरप्रमुख चौधरीलाई ध्यानाकर्षण–पत्र बुझाइएको इन्सेक सप्तरी सहजकर्ता अजय परियारले जानकारी दिनुभयो ।

    ध्यानाकर्षण–पत्रमा सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दी अनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने, सबै विद्यार्थीलाई नियमित उपस्थिती गराउनुपर्ने, विद्यालयमा नियमित अनुगमन गर्नुपर्ने, विद्यालय सफा र खानेपानी स्वच्छ हुनुपर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधि निःशुल्क वितरण गर्नुपर्ने, वातावरण संरक्षणमा नगरपालिकाले नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत, लैङ्गिक हिंसालगायतका समस्यालाई समाधान गर्न नीति तथा कानुन बनाएर लागु गर्नुपर्ने ज्ञापन–पत्रमा उल्लेख छ ।

    शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख चौधरीले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

    मानव अधिकार समूहका अध्यक्ष पुलकित भगत र सदस्यहरू तथा इन्सेक जिल्ला सहजकर्ता अजय परियार लगायतको टोलीले नगर प्रमुख चौधरीलाई ज्ञापन–पत्र बुझाउनु भएको थियो ।

    प्रकाशित : शुक्रबार, १५ मंसिर २०८० , ११:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend