Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

कलेजका विद्यार्थीहरूले प्रदर्शन गरे पछि यौन दुर्व्यवहारका आरोपित पक्राउ

कलेजका विद्यार्थीहरूले प्रदर्शन गरे पछि यौन दुर्व्यवहारका आरोपित पक्राउ


  • बुधबार, पुष ४ २०८०
  • 299
    SHARES

    १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-३२, तिनकुनेस्थित हिमालयन ह्वाइट हाउस कलेजका अनुशासन शिक्षक ३६ वर्षीय कृष्ण नेपाललाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ ।

    कलेजमा परीक्षा चलिरहेका बेला चेकजाँचका क्रममा पीडितलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितले पुस ३ गते प्रहरी वृत्त, नयाँ बानेश्वरमा उजुरी दिनुभयो ।

    यसअघि आरोपितलाई गिरफ्तार गर्न ढिलाई गरेको भन्दै कलेजका विद्यार्थीहरूले पुस ३ गते प्रहरी वृत्त, नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेका थिए ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार विद्यार्थीहरूको उजुरी लगत्तै आरोपित शिक्षकलाई गिरफ्तार गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

    प्रकाशित : बुधबार, ४ पुष २०८० , ०७:४३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend